कला तथा मनोरन्जन

चलचित्र ‘पच्चीस पच्चीस’ शुभमुहूर्तसँगै छायांकन प्रारम्भ

काठमाडौं । सुव्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’ को शुभमुहूर्त सम्पन्न भएको छ ।  बुधबार बिहान कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तसँगै बुधवारदेखि नै चलचित्रको छायांकन प्रारम्भ भएको छ । निर्देशक आचार्यका अनुसार यो चलचित्रको छायांकन ४० दिनमा सम्पन्न गरिने छ ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा अबिषेक खड्का, खुशी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतमलगातयले अभिनय गर्दैछन् । 

आचार्यको यो तेस्रो निर्देशित चलचित्र हो । उनले यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन् । यो फिल्मको कथा सुव्रत आचार्य तथा जया आचार्यको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन् । छायांकन निर्देशन हरि हुमागाईंको रहने छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम