७ जेष्ठ २०८१, सोमबार
Follow Us

क्रिकेटर देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८०, आईतवार १४:०२

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड प्रप्त गरेका हुन । नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।

देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । विश्वकप छनोटमा उनले ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाएका थिए । कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा उनले ५१ रन बनाएका थिए ।