६ आश्विन २०८३, मंगलवार
Follow Us

चलचित्र चंगुलको टाइटल गीतमा झाँक्री अवतारमा रवि कार्की

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८३, मंगलवार १०:३१

काठमाडौं । चलचित्र चंगुलको टाइटल झाँक्री गीत सार्वजनिक गरिएको छ । झाँक्री ढ्याङ्ग्रोसहितको र्‍याप गीत एक उत्कृष्ट बनेको छ । 

हाम्रो यो सुन्दर देशलाई मानिसहरु सतिले सरापेको देश भन्छन्, तर यो देशलाई सतिले सरापेको नभई भ्रष्ट शाशकको आँखा चाहिँ लागेको हो, त्यही भ्रष्टहरुको नजरलाई झाँक्री बनेर मन्छाइरहेको दृष्य यस गीतमा देखाउन खोजिएको छ  ।

बिक्रम कार्कीको संगीत तथा ओ नेगेटिभ  राजु श्रेष्ठ र सन्देश पौडेलको आवाज रहेको गीतलाई स्वयं गायक श्रेष्ठ र अभिनेता रवि कार्कीले लेखेका हुन् । कोरियोग्राफी रवि कार्की स्वय‌‌ले गरेका छन् । 

चलचित्र असोज १६ गतेबाट प्रर्दशनमा आउँदैछ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनको द्वन्द्व निर्देशन,  छायांकन तथा सम्पादन दीपेन बस्न्यातको छ । चलचित्रको नाफाको केही हिस्सा घाइते जेन्जी नेपाललाई दिने तथा बाढीपीडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले जानकारी दिएको छ ।

धेरै पढिएको