१२ श्रावण २०८१, शनिबार
Follow Us

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार ०७:०७

काठमाडौं । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार भएको स्रोतले जानकारी दिएको ।

झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जानकारी दिएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको स्रोतले जानकारी दिएको छ ।

कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ । केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।