११ श्रावण २०८१, शुक्रबार
Follow Us

गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३.२ प्रतिशत मतदाता गुमायौं: महामन्त्री थापा

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार १३:२६

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३।२ प्रतिशत मतदाता गुमाएको बताएका छन । महामन्त्री गगन थापाले फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेश गर्न तयार पारेको सांगठानिक प्रतिवेदनमा क्रियाशील सदस्य संख्याबारे उल्लेख छ गरीएको छ । कांग्रेसमा ८ लाख ६९ हजार पाँच सय ५१ जना क्रियाशील सदस्य रहेका छन ।

यी क्रियाशील सदस्यमध्ये एक लाख १४ हजार पाँच सय २५ जना त क्षेत्रीय प्रतिनिधि नै निर्वाचित भएका छन । ‘कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो संख्या पार्टीमा आबद्ध छ,’ महामन्त्री थापाले ४६ पृष्ठको प्रस्तावमा लेखेका छन्, ‘पार्टीमा स्वाभिमानपूर्वक गरिखाने सदस्यको बाहुल्यता छ। सदस्यता शुल्क तिर्ने र पार्टीलाई आवश्यक परेका बेला सधैं उपलब्ध हुने र सामाजिक काममा क्रियाशील रहने कांग्रेसजनको संख्या उल्लेख्य छ। ’

१४ औं महाधिवेशनसम्म क्रियाशील सदस्यताको समस्या समाधान गरी ती क्रियाशील सदस्य नवीकरणका लागि विवरण जिल्लामा पठाइएको थापाले बताएका छन ।

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका काम निरन्तर भइरहेको उनले जानकारी दिएका छन । सदस्यता अनलाइनमार्फत् उपलब्ध गराउने व्यवस्था गरिएको, क्रियाशील सदस्यता कार्ड पनि जिल्लामै प्रिन्ट हुने व्यवस्था गरिएको र डिजिटल कांग्रेस अवधारणाअनुसार सबै तहका गतिविधि, सदस्यता र अभिलेखलाई एकीकृत गर्दै विद्युतीय अभिलेख प्रणालीको प्रक्रिया र अभिलेख सङ्कलन गर्ने कार्य अगाडि बढेको थापाले उल्लेख गरेका छन् ।

उनले पार्टीमा विचार मन्थनको काम पुनस् आरम्भ भएको छ। कार्यतालिकामा ५० प्रतिशत र सांगठनिक गतिविधिमा ५० प्रतिशत कार्यक्रम गर्ने प्रारूपअनुसार युवा पोलिसी ह्याकाथन, बिपी साहित्य महोत्सवजस्ता कार्यक्रम गरिएको छ,’ सांगठानिक प्रस्तावमा उल्लेख गरीएको छ ।

कार्यालयमा पुस्तकालय, स्रोत केन्द्र निर्माण गररिएको र विषयगत रूपमा संवाद तथा विज्ञसँग छलफल कार्यक्रमलाई निरन्तरता दिने तयारी कांग्रेसको छ। पार्टीमा १८ वर्षदेखि ९० वर्षसम्मका विशाल परिवार रहेको थापाले उल्लेख गरेका छन् ।