१२ श्रावण २०८१, शनिबार
Follow Us

सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारबाट १० जना कर्मचारी पुरस्कृत

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार १३:२८

काठमाडौँ । सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारबाट कर्मचारीहरू पुरस्कृत भएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारी पुरस्कृत भएका हुन् ।

यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाएका छन् । उत्कृष्ट प्रदेश निजामती पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाएका छन् ।

यस्तै प्रदेश निजामती पुरस्कार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा. शंकर गौतम, गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले छन् ।