१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

३ नेपालीलाई आममाफी दिन अनुरोध गर्दै सरकारले श्रीलङ्कालाई पत्र लेख्ने

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०८०, मंगलवार १२:५७

काठमाडौं । सरकारले श्रीलङ्कामा कैदीबन्दी जीवन बिताइरहेका तीन जना नेपालीलाई आममाफी दिन अनुरोध गर्दै पत्र पठाउने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कैदीबन्दी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आम माफीको अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।

नेपाल र श्रीलङ्काबिच अफिसियल राहदानी वाहकहरूलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।