१२ श्रावण २०८१, शनिबार
Follow Us

देउवालाई यसरी दिए गगनले धक्का (भिडियो)

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०८०, बुधबार ०४:०४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका मतदातालाई कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका छन् । मंगलबार महासमितिको बैठकमा साङ्गठनिक प्रतिवेदन पेस गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वक गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेका हुन् ।
उनले २० बुँदे साङ्गठनिक सुधारको कार्य योजना समेत प्रस्तुत गरेका छन् । उनले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सङ्कल्प गर्नुपर्ने बताए ।

उनले मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताए । उनले सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्नुपर्नेमा पनि कांग्रेस सचेत रहेको बताए ।