१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रहरीका असईसहित १८ प्रहरी सम्पर्कबिहीन

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०८०, बिहीबार ०५:५३

काठमाडौं । नेपाल प्रहरीका असईसहित १८ प्रहरी गैरहाजिर हरेकाले ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

एक प्रहरी सहायक निरीक्षक (असई), एक प्रहरी वरिष्ठ हवलदार, ३ प्रहरी सहायक हवलदार र १३ प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी एक साताभित्र समपर्ककमा आउन भनेको हो । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत उनीहरु सम्पर्कमा नआएको प्रहरी मुख्यालयले जनाएको छ ।

बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ ।