१२ श्रावण २०८१, शनिबार
Follow Us

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८०, शनिबार ०६:११

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा  नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ ।  नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।

प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।