२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा रेखाले दिइन् छोरीलाई जन्म

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८०, शनिबार ०६:१४

नायिका रेखा थापाले पहिलो सन्तानलाई जन्म दिएकी छिन्।अमेरिकामा थापाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पति बलराम शाही ठकुरीको परिवारसहित अमेरिका रहेकी रेखाले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् ।

नायिका थापाले बलरामसँग प्रेम विवाह गरेकी थिइन् । छोरी र पतिसँगको तस्विर शेयर गर्दै रेखा लेख्छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ।

अभिनेत्री थापा मंसिर अन्तिम साता अमेरिका पुगेकी थिइन् । उनी अमेरिकामा बच्चा जन्माउने योजनासहित पारिवारिक भेटघाटका लागि त्यसतर्फ लागेकी हुन् ।

अभिनेत्री थापाले पति बलराम शाहीको जन्मदिन सेलिव्रेसनसमेत अमेरिकामा गरिएकी थियन् । उनका श्रीमानको परिवार अमेरिकामै बसोबास गर्दै आएका छन् । उनी अमेरिकामा पाँच महिना बस्ने छिन् ।

अमेरिकाले आफ्नो देशमा जन्मने बच्चाहरूलाई स्वतः नागरिकता दिने भएकाले अभिनेत्री थापा त्यसतर्फ गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा नै चर्चा गरेका थिए ।