१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेपाली जनप्रगतिशिल मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बू

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०८०, आईतवार २२:१९

लण्डन। नेपाली जनप्रगतिशिल मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बू चयन भएकी छन् ।

आइतवार सम्पन्न ५ औं राष्ट्रिय अधिवेशनले उपाध्यक्षहरुमा फुलप्रसाद कंडेल, अरुण थापा, कपिल श्रेष्ठ र हरि पौडेल निर्वाचित गरेको छ ।

महासचिवमा कृष्ण खनाल, सचिवद्वयमा कपिल राई र हरि अर्याल, कोषाध्यक्ष माया केसी, सह-कोषाध्यक्ष वीर बलाल निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा भिम राई, कृति भट्टराई, बिना लिम्बू, गंगा गुरुङ, जित गिरी, दीपक गुरुङ, खड्ग प्रसाद लिम्बू, रचना राई, रुद्रलाल गिरी, कर्ण रावत, विष्णुमाया राई र मनिका राई चुनिए ।

मञ्चका अध्यक्ष मानबहादुर गुरुङको सभापतित्व साथै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राईको प्रमुख आथित्यमा अधिवेशन भएको थियो।