१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अख्तियारले डामेका र आयोगले पोलेकालाई झन्डा छोपेर घर पठाइदिऔँ: गगन थापा

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८०, सोमबार १३:५५

काठमाडौं । कांग्रेस सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन ।

आज सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने दाबी गरेका छन ।

उनले भने, ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो रु मूल विषय पनि छायामा पर्ने भयो, ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् ।

अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’ उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताएका छन ।

उनले भने, ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो ।’