१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्ष डा. केसीले भेटे अष्ट्रेलियन राजदूत

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०८०, मंगलवार ०६:२५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेट गरेका छन् ।

मंगलवार काठमाण्डौंस्थित अष्ट्रेलियन दुतावासमा भएको भेटघाट फलदायी भएको डा. केसीले जनाए ।

भेटमा गैरआवासीय नेपाली अभियान, अष्ट्रेलियामा रहेको नेपाली समुदाय, नेपाली विद्यार्थीको समस्या बारेमा छलफल भएको थियो ।

डा. केसीले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट राजदुत भोल्कलाई नेपाली विद्यार्थीहरुका समस्याका बारेमा अनुरोध पत्र हस्तान्तरण गरेका थिए।

भेटमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।