१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेसले आगामी बैठकबाट उपनिर्वाचनको उम्मेदवार टुंग्याउने

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०८०, बुधबार १४:०५

काठमाडौं । कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम–२ र बझाङ प्रदेश १ को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा १ को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ ।

महामन्त्री शर्माले भने, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन । आगामी केन्द्रीय समितिमा उपचुनावबारे छलफल हुन्छ । केन्द्रीय समितिले टिकटको पनि टुंगो लगाउँछ ।’