२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच बालुवाटारमा गाेप्य भेट

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार ०७:३१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला उनीहरु बीच आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् ।

यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेको स्रोतले जानकारी दिएका छन । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिएका थिए ।