२६ बैशाख २०८१, बुधबार
Follow Us

भोलि प्रचण्डले विश्वासको मत नपाए देश दुर्घटनामा जान्छ: केपी ओली

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार १३:३०

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई आग्रह गरेका छन ।

आज (मंगलबार) बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन । उनले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको पनि बताएका छन ।

उनले भने, ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’ उनले यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने पनि उनले बताएका छन ।

उनले भने,‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ,‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’ अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनले बताएका छन ।