१५ बैशाख २०८१, शनिबार
Follow Us

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार १३:३३

काठमाडौं । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका–२५ मा आज मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका र आज वडाकार्यलय बन्द भएको स्रोतले जानकारी दिएको छ ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं–२५ का वडाध्यक्ष चन्देश्वर साहले साहले जानकारी दिएका छन ।

वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए । वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध गरेका छन ।