२० बैशाख २०८१, बिहीबार
Follow Us

लण्डन मेयरसंग एउटै मंचमा अवार्ड लिन पाउदा खुशी छु : रेणु दाहाल

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०८०, बुधबार ०९:२९

लुभेन । इपिजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न बेलायत आएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बेल्जियम आईपुगेकी छिन्।

एनआरएनए बेल्जियमले मंगलवार आयोजना गरेरको स्वातग कार्यक्रममा बोल्दै दाहालले लण्डनका मेयर सदिक खान र आफुले एउटै मंच प्रयोग गरेर अवार्ड लिन पाउदा गर्व लागेको बताइन् ।

मेयर दाहालले आफू सफल हुनुमा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुको ठुलो साथ, सहयोग रहेको बताईन्। उनले एनआरएनए बेल्जियमलाई भरतपुर भ्रमण बर्षको औपचारिक निम्तोपत्र पनि हस्तान्तरण गरेकी थिईन्।

दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको बताएकी छिन् । देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको दावी थियो । उनले गैरआवासीय नेपाली संघको विवादको बारेमा छिट्टै टुंग्गोमा पुग्ने विश्वास व्यक्त गरिन् । दाहालले देशको अर्थतन्त्रमा मन्दी आएका कारणले बजार सुस्त रहेको प्रति चिन्ता व्यक्त गरिन् ।

महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रममा सावित्री गिरीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

मेयर दाहालको आगामी कार्यक्रम स्पेनमा छ। उनले स्पेनमा रहदा त्यहाँक मेयरहरुसंग भेटघाट गरी भरतपुर भ्रमण बर्षको बिषयमा जानकारी गराउने योजना बनाएकी छिन्।