२६ बैशाख २०८१, बुधबार
Follow Us

रुसी सेनामा थप ७ जनाको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८०, बिहीबार १३:४४

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जानएको छ ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक।, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।