२७ बैशाख २०८१, बिहीबार
Follow Us

सुन तस्करीको प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८०, बिहीबार १३:५०

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता भएको छ ।

गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयमा कार्यरत प्रतिभा रावलले जानकारी दिएकी छन ।

लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएको पनि उनले जानकारी दिएकी छन । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो ।

त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरुलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताएका छन ।

आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । आयोगका अध्यक्ष आचार्यका अनुसार, कारबाही सिफारिसका विषयहरु ४८५ पृष्ठको प्रतिवेदनको परिच्छेद १३ मा रहेको ब्रिफिङ गरिएको थियो ।

लगत्तै अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । यसपछि उनले प्रहरी महानिरीक्षक कुँवरलाई छलफलका लागि बोलाएका हुन् ।