२७ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वआईजीपीद्वय खनाल र सिंहलाई सुनपानी

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०७:०५

नेपाल प्रहरीका दुई जना पूर्वप्रहरी प्रमुखमाथि सुन तस्करीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय आयोगले छानबिन गरेको पाइको छ ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहविरुद्ध समेत अनुसन्धान भए पनि तस्करीमा संलग्नता पुष्टि हुने आधार आयोगले फेला नपरेको भन्दै सुनपानी छर्किने काम गरेको छ ।

यद्यपि, पूर्वप्रहरी प्रमुख खनालका साझेदार एवं साथी सुबु केसीविरुद्ध भने मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । सुन तस्करीमा मुछिएको बेल्जियन नागरिक दावा छिरिङसँग केसीको सम्बन्ध रहेका पुष्टि भएको छ ।

दावाको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण प्राप्त भएको छ ।

तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ । पूर्वप्रहरी प्रमुख सिंहको पनि सुन तस्करीमा संलग्न दावासँग सम्पर्क भएको फेला परेको थियो ।

त्यसबारे आयोगले समेत जाँच गरेको थियो । तर, त्यो सम्बन्ध तस्करीसँग जोडिने तथ्यहरु फेला नपरेको गृह स्रोतले जानकारी दिएको छ ।