२४ असार २०८२, मंगलवार
Follow Us

रचना रिमालको स्वरमा रहेको ‘मनको माया’ बोलको गित सार्वजनिक

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८०, आईतवार १३:५३

काठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको ‘मनको माया’ बोलको गित सार्वजनिक भएको छ। उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ ।

सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात एभरेस्ट राजको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक राज कुमारले निर्देशन एवम् सम्पादन गरेका छन् ।

भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ। अमेरिका बस्दै आएकी यस गितकि सर्जक पुनम मोथेले नेपाली गित संगितलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीति सिर्जनालाई निरन्तरता दिदै आएकी छिन् ।

सार्वजनिकझमनको मायाञबोलको गितको शब्द,संगित जत्तिकै बलियो भिडियो पनि छ। भिडियोमा निकै रोमान्टिक जोडी देखिएका एभरेस्ट राज र गरिमालाई यस गित मार्फत फरक पन दिन खोजेको निर्देशक राजकुमारले बताए । गितलाई पुनम मोतेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

धेरै पढिएको