३१ असार २०८१, आईतवार
Follow Us

आयरल्याण्ड ए विरुद्ध नेपालको ‘क्लिन स्वीप’

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:४४

काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा आयरल्यान्ड ए विरुद्ध ७१ रनले जित निकालेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । यसअघि आयरल्याण्डसँगको पहिलो खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको थियो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ ।

आज भएको खेलमा एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको पुग्यो । आयरल्यान्डका लागि स्टेफेन डुहेनीले २६ रन बनाउनुभयो । यस्तै मोर्गन टोपिङले २१, काडे कार्माइकलले १८, कप्तान नेल रक र रोस अडिरले १७/१७ तथा ग्रेथ डेलानीले १५ रन बनाउनुभयो ।

आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिनुभयो ।