१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल प्रहरीका नौ जना एसपी र चार डिएसपीमा बढुवा(सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०८०, बिहीबार ०५:५२

काठमाडौँ । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८ र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ एक गरी नौ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एसपी बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अंगुर जि.सी., राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगंजमा कार्यरत डिएसपी यादव ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा कार्यरत डिएसपी सन्तोष तामाङ छन्।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौंमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

यसैगरी प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङतर्फको प्रहरी उपरीक्षकमा नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगन्जमा कार्यरत कमला लामाको बढुवा भएको हो ।