काठमाडौं । त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका दुई जनाको शव फेला परेको छ । धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको हो ।
धादिङ प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले शवको पहिचान खुल्न बाँकी रहेको बताए । भोटेकोशी नदीमा आएको बाढीले रसुवामा १८ जना हराइरहेका छन् । रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी क्षेत्रमा १८ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ९ नेपाली र ८ चिनियाँ नागरिक छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेपत्ता हुनेमा ९ नेपालीमध्ये तीन जना प्रहरी रहेको बताए ।
उद्धारमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । एक जनाले आफू नदीबीचमा फसेकाले उद्धारको याचना गरेर टोलिफोन गरेको पनि पौडेलले बताए ।
सोमबार राति चीनतर्फबाट भोटोकोशी नदीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन र सडक बगाएको छ । प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए ।