काठमाडौं । मधेश केन्द्रित सात दल सम्मिलित संङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
आज बसेको मोर्चाको बैठकले नाउपाको उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको मोर्चाका नेता वृषेश चन्द्र लालले जानकारी दिए ।
‘यो सरकार संविधान संशोधनको नाममा गठन भएको छ । हामी सकारात्मक प्रगतिशील संविधान संशोधन हुन्छ र यसको लागि लोकतान्त्रिक मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरू संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरिएको छ,’ उनले भने ।
मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले सामेल छन् ।