२० बैशाख २०८१, बिहीबार
Follow Us

महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार ०५:५६

काठमाडौँ । महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको एक नेताले बताए । महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।

टङ्कमणि शर्मा दंगालको अवकाशपछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो । भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए । तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन ।