२२ बैशाख २०८१, शनिबार
Follow Us

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार १४:३१

काठमाडौँ । प्रहरीले पर्साबाट अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्‍न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिएका छन ।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।