२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कल वाइपास गर्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०८:१३

सुरुङ्गा । प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षीय अमन सिंह रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । उनी दमक नगरपालिका–५ स्थित मनिष लिम्बूको घरमा डेरा गरी बस्दै आएको बताइएको छ ।
प्रहरीले उनको कोठाबाट कल वाइपास गर्ने उपकरण, इन्भर्टर, इन्भर्टरको ब्याट्री, एक सय थान नेपाल टेलिकमका सिम कार्ड र १५० थान एनसेलका सिमकार्ड तथा रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । पक्राउ परेका सिंहलाई इप्रका, दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।