१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिदा हुँदा पनि ओली हाइहाइ

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार ०५:३६

काठमाडौ । सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।
देश र जनताका लागि नाफाको जिन्दगी बिताइरहेको बताउने ओली सत्तामा पुग्दाको क्षणभन्दा बिदा हुनेबेला निकै हाइहाइ बनेको आजको राजधानी दैनिकमा समाचार छ । इतिहासको तथ्यकै कारण हरेक प्रधानमन्त्रीलाई निर्वाचित भएके चिन्ता हुन्छ, बिदा हुनबेला आत्मग्लानि नसोस् । तर, अहिलेसम्म त्यो चिन्ता र चासो काम लागेको इतिहास छैन । बिदा हुनेबेला अहिलेसम्मका प्राय सबै प्रधानमन्त्रीमा आरेपको वर्षनै लाग्यो ।
२०४६ सालको परिवर्तनपछि मनमोहन अधिकारीलेबाहेक हरेक प्रधानमन्त्रीले जाने बेला जनताको विश्वास गुमाए । निकै विवादित पनि बने । त्यही घटनाक्रमका काारण निर्वाचित भएकै दिनबाट हरेक प्रधानमन्त्रीलाई विदाइको क्षण सम्झेर चिन्तित बन्नुपर्‍यो ।
तर एमाले अध्यक्ष ओली भने आफूलाई अहिलेसम्मका सबै प्रधानमन्त्रीभन्दा फरक रुपमा उभ्याउन सफल बने । प्रधानमन्त्री निर्वाचित भएको समयभन्दा बिदाइका बेला हाइहाइ बने । बजेटको आश्रति विधेयक फेल भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफैलाई विस्थापित गर्न आउने अर्का प्रधानमन्त्री चयनका लागि संविधानमा देखिएको अस्पष्टता हटाउँदै बाधा अड्काउ फुकाएर राष्ट्रपति विद्यदेवी भण्डारीसमक्ष राजीनामा बुझाए । त्यससँगै संसद पुगर आफूमाथि लागेका आरोपको सालिन ढंगमा प्रतिवाद गर्दा संसदको मात्र नभइ सिंगो देश ओली तिर केन्दि्रत थियो ।