३१ जेष्ठ २०८३, आईतवार
Follow Us

कांग्रेसलाई पिर पर्‍यो भनेर हामी देश बिग्रन दिँदैनौ: केपी ओली

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८०, बिहीबार १३:५१

कञ्चनपुर  । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठुलो पिर परेको दाबी गरेका छन ।

आज (बिहीबार) एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले कांग्रेसलाई पिर पर्‍यो भन्दैमा एमालेले देश बिग्रन नदिने दाबी गरेका छन ।

उनले भने, ‘कांग्रेसलाई पिर पर्‍यो भनेर हामी देश बिग्रन दिँदैनौ । काम नगर्ने अनि सरकारबाट हट्नुपर्‍यो भनेर पिर गर्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन ।’

उनले नेकपा एमाले सरकारमा भएका बेला के–के काम गर्‍यो भन्ने कुरा देखाउन तयार रहेको भन्दै एमाले सम्मिलित गठबन्धनको सरकारले मुलुकका समस्या समाधान गर्ने प्रयास थालिसकेको दाबी गरेका छन ।

धेरै पढिएको

slot gacor