२१ बैशाख २०८१, शुक्रबार
Follow Us

१ वर्षमा १६ लाख नेपालीले देश छोडे, ६८ हजारले नागरिकता त्यागे

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८१, आईतवार ०४:०४

लण्डन । पछिल्लो तथ्यांकले गत वर्ष देश छोड्ने नेपालीहरुको संख्या १६ लाख नाघेको छ ।

अध्यायगमन विभागका अनुसार ११ उदेश्यका लागि ११ लाख ७४ हजार ७९ जना पुरुष र ४ लाख ४७ हजार ४ सय १ जना महिला विदेशिएका हुन् ।

तथ्यांक अनुसार रोजगारीका लागि मात्र ७ लाख १७ हजार ९ सय ८ जना पुरुष र ८८ हजार ७ सय ६३ जना महिला बाहिरिएका छन् ।

रोजगारी, अध्ययन, डिपेन्डेन्, स्वास्थ्य उपचार, व्यवसाय लगायतको उदेश्यले ती नेपालीहरु विदेशिएका हुन् । गत वर्ष मात्र ६८ हजार ३ सय ६३ जनाले नेपाली नागरिकता त्याग गरेका छन् ।

उनीहरुले राजनीतिक अस्थितरता, कमजोर शिक्षा प्रणाली र वेरोजगारी लगायतका कारण देश छोड्न परेको बताएका छन् ।