डायस्पोरा

साउदीमा काकालाई दर्शकमाझ चिनाउँदा स्टेजमै भावुक बनिन् रचना रिमाल

काठमाडौं । गायिका रचना रिमालले साउदी अरेबियामा आयोजित एक सांगीतिक कार्यक्रममा आफ्नै कान्छा काकालाई स्टेजमा बोलाएर दर्शकमाझ चिनाएकी छन् ।

केही महिनाअघि झापाली समाज साउदी अरेबियाले नेपाली समुदायका लागि आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले आफ्ना काकालाई स्टेजमा बोलाएकी थिइन् ।

वर्षौंदेखि परिवारको भविष्यका लागि साउदीमा मेहनत गरिरहेका काकालाई स्टेजमा आमन्त्रण गरी सबैसामु चिनाउन पाउँदा आफू निकै भावुक र खुसी भएको रचनाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन् ।

उनले विदेशमा काम गर्ने नेपालीहरू केवल श्रमिक नभई परिवारको भविष्य र सपनाका लागि संघर्ष गरिरहेका नायक भएको भन्दै उनीहरूको त्याग र योगदानको सम्मान गर्नुपर्ने बताएकी छन् ।

उक्त कार्यक्रमको भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम