२४ बैशाख २०८१, सोमबार
Follow Us

अवैध सुन कारोबार गर्ने सात जनालाई राजस्व छलीमा अनुसन्धान गर्न विभाग पठाइयो

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८१, शुक्रबार १२:२२

काठमाडौँ । अवैध सुन कारोबार गर्ने सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार जना नेपाली र तीन जना भारतीय नागरिक रहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. २४ मा अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नं. ३ का वर्ष ४७ का गणेश दत्त बडू, वर्ष २१ को आयुष बडू, झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ का वर्ष ३० का दिनेश खरेल र वर्ष २२ का भरत राज खरेल रहेका छन् ।

यसै गरी भारतको महाराष्ट्र सांगली आटपाही थानाका वर्ष ३७ का अमोल विभुते, वर्ष १८ का ऋषिकेश प्रकाश बिभुते र वर्ष १८ का गणेश सतिश बाल्टे रहेका छन् । सुन जस्तो देखिने पहेँलो धातु (१७६८.२९ ग्राम) र १ करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित बिक्री वितरण गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार राजस्व छली समेतको कसुरमा आवश्यक कारबाहीको लागि उनीहरूलाई शुक्रवार राजस्व अनुसन्धान विभाग पठाइएको छ ।