८ आश्विन २०८२, बुधबार
Follow Us

ट्राफिक जाम हटाउन ओभरहेड ब्रिज बनाउने मन्त्री महासेठको घोषणा

nepalbritain news
२८ श्रावण २०७६, मंगलवार ०२:५४

काठमाडौं। सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरे।

त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भइसकेको मन्त्री महासेठको भनाई छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षभित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सारे। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गरे। उनले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए।

डिसी नेपाल

धेरै पढिएको