४ बैशाख २०८१, मंगलवार
Follow Us

शीर्ष नेतालाई शितल निवासबाट बोलावट

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार ०९:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनुभएको हो ।
आज दिउँसो ३:३० बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिनुभएको बुझिएको छ ।