१४ असार २०८१, बिहीबार
Follow Us

बेल्जियममा ‘नेपाली फुड फेस्टिबल’ हुने

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०८१, बिहीबार २२:३४

लण्डन । बेल्जियममा नेपाली खाना महोत्सव ( नेपाली फुड फेस्टिबल) हुने भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले आगामी मे २५ तारिख लुभेन शहरमा सो महोत्सवको आयोजना गर्न लागेको हो ।

लुभेन शहरको लाद्धयोज प्लेनमा हुन लागेको महोत्सवमा नेपाली खानाको प्रचार प्रसार तथा विक्रि वितरण गरिने तयारी छ ।

सोही अवसरमा नेपाली कला झल्किने सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने छ । सांस्कृतिक कार्यक्रमको संयोजन गर्न इनास बेल्जियमलाई दिइएको नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले जानकारी दिए ।

नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक कासी दनैले महोत्सवको तयारी तिब्र रुपमा भैरहेको जानकारी दिए ।

सो महोत्सवलाई सफल पार्न १२ तारिख आईतवार भर्चुअल बैठकको आब्हान गरिएको छ ।

महोत्सवमा नेपाली दुतावास ब्रसेल्स एवंम नेपाली संघ संस्थाहरुको सहभागितामा प्रत्येक दुई वर्षमा आयोजना गरिदै आएको छ ।

नेपाली खानालाई विश्वव्यापी रुपमा प्रर्वधन गर्नको लागि सो महोत्सव फलदायी हुने गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले बताइन् ।