१४ असार २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०८१, शुक्रबार १९:२५

काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाईएको छ ।