१४ असार २०८१, बिहीबार
Follow Us

सवारी दुर्घटनामा तीनजनाको मृत्यु, तीन जना घाइते

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८१, सोमबार ०५:२७

रुकुम पश्चिम । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-५, बर्दियाका २७ वर्षीय सौगात बिक, बराहताल गाउँपालिका-५, सुर्खेतका १९ वर्षीय जित बहादुर कार्की र गुर्भाकोट नगरपालिका-८ मेहेलकुना सुर्खेतका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

सो दुर्घटनामा बाँफिकोट गाउँपालिका-४, का १७ वर्षीय सुजन बिक, ठाकुरबाबा नगरपालिका- ५, बर्दियाका २६ वर्षीय दिलिप थापा र सोही वडाका २७ वर्षीय टिकाराम खनाल घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीको भनाइ छ ।

मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिकाको छिनखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ-बालुवा सडकखण्ड अन्तर्गत गिल्वाङ नजिकै दुर्घटना भएको हो ।

इन्टरनेट सेवा प्रदायक फाइबर नेट वर्ल्डलिंकको उक्त सानो गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको बताईएको छ ।