१६ माघ २०८२, शुक्रबार
Follow Us

टी-२० विश्वकप: भारतपछि नेपालको खेलको टिकट सबैभन्दा धेरै बिक्री

नेपालब्रिटेन संवाददाता
१६ माघ २०८२, शुक्रबार ०६:०४

काठमाडौं । भारतमा अर्को महिना हुने आईसीसी टी-२० विश्वकपमा नेपालको खेलका लागि टिकटको उच्च माग भएको छ । टाइम्स अफ इन्डिया पत्रिकाले विश्वकपको लागि भारतपछि नेपालको टिकट सबैभन्दा धेरै माग भएको जनाएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने नेपालको चार खेलको लागि टिकटमा उच्च माग भएको हो । टाइम्स अफ इन्डियाको अनुसार घरेलु टोली भारतपछि नेपालको टिकट सबैभन्दा धेरै बिक्रि भएको छ । यससँगै वानखेडे नेपालको खेलमा रातो र निलो रङमा सझिने अनुमान गरिएको छ ।

यसअघि सन् २०२४ मा भएको टी-२० विश्वकपमापनि अमेरिकाको डाल्लास नेपाली समर्थकले भोरिएको हो । जसले विश्वको ध्यान तानेको थियो । भारतमा नेपालीलाई प्रवेश गर्न भिसा नचाहिने र छिमेकी मुलुक भएको हुनालेपनि यसपटक नेपालले विदेशी भूमिमा खेलेपनि घरेलु मैदानको कमि नहुने अनुमान गरिएको छ ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको शूरुवात गर्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालले चेन्नईमा दुई अभ्यास खेल खेल्नेछ ।

धेरै पढिएको