१४ असार २०८१, बिहीबार
Follow Us

बेलायत निर्वाचनः ६५० सिटमा ४ हजार ५०० उम्मेदवार

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०८१, सोमबार २३:०३

लण्डन । बेलायतमा जुलाई ४ तारिख हुने संसदीय निर्वाचनको लागि ६५० सिटमा ४ हजार ५०० उम्मेदवार उभिएका छन् ।

यस वर्षको आमनिर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवारहरु उभिएका हुन् ।

इङ्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० निर्वाचन क्षेत्रमा ४ हजार ५०० भन्दा बढी उम्मेदवारहरू हुने निर्वाचन आयोगले जनाएको छ ।

सन् २०१९ को आम निर्वाचन भन्दा यो वर्ष उम्मेदवारको संख्या ३५.७ प्रतिशतले वृद्धि भएको हो ।

रिफर्म यूके, कन्जरभेटिभ, ग्रीन पार्टीले बढी सबै भन्दा बढी उम्मेदवार बनाएका हुन् ।

यो वर्ष स्वतन्त्र र साना दलका उम्मेदवारको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।