१४ असार २०८१, बिहीबार
Follow Us

न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ०५:५८

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ ।

यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।