१४ असार २०८१, बिहीबार
Follow Us

भूपूगोर्खा माग बारे प्राविधिक स्तरमा छलफल

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०८१, मंगलवार १८:३७

लण्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज (मंगलवार) रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ ।

नेपाली दूतावास लण्डनका अनुसार वैठकमा भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको थियो।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग, मेजर (अप्रा) उदयबहादुर गुरुङ्ग, मेजर (अप्रा) टिकेन्द्र दल देवान, कृष्णबहादुर राई, धर्मबहादुर तामाङ्ग तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।