१३ असार २०८१, बुधबार
Follow Us

बेल्जियम स्लोभाकियासँग स्तब्ध

नेपालब्रिटेन संवाददाता
५ असार २०८१, मंगलवार ०५:४२

जारी युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो । यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ ।

समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।