१४ असार २०८१, बिहीबार
Follow Us

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नेपालब्रिटेन संवाददाता
९ असार २०८१, शनिबार ०८:५९

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गए राति १:३० बजेदेखि सडक दुई तर्फी अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५:३० बजेदेखि दुई तर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।