१७ असार २०८१, आईतवार
Follow Us

त्रिविको साख जोगाउन स्ववियुका पूर्व पदाधिकारीहरुको पहल

नेपालब्रिटेन संवाददाता
१४ असार २०८१, बिहीबार १३:४२

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको पूर्व पदाधिकारी र सदस्यहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा रजिष्टारसँग भेट गरी विश्वविद्यालयको स्यायत्तता र साखलाई जोगाउन विभिन्न सुझावहरु दिएका छन ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बराल र रजिष्टार प्रा. डा. केदार रिजालसँग भेट गरी स्ववियुका पूर्व पदाधिकारीहरुले त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधारका उपाय र समस्या समाधानबारे छलफल गरेका हुन ।

त्रिवि पूर्व पदाधिकारीहरुका संयोजक चाउऐनलाई श्रेष्ठ तथा सदस्यहरु युवराज खाती, भिम श्रिष र अन्जान लामा सहितको टोलीले त्रिविको उच्च नेतृत्वसँगको भेटमा उच्च शिक्षा विधेयक तथा परीक्षा प्रणालीका बारेमा पनि छलफल गरेका थिए ।

यसैगरी, पदाधिकारीहरुले त्रिवि छापाखानाको सुधारका लागि पनि प्रस्तावहरु पेश गरेका छन । साथै उनीहरुले त्रिवि सेवा आयोगको कार्यविधि र स्वत्रन्त विद्यार्थी युनियनका गतिविधिका बारेमा पनि त्रिवि नेतृत्वको ध्यानाकर्षण गराएको संयोजक श्रेष्ठले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

अब नियमित रुपमा विश्वविद्यालयको शैक्षिक गुणस्तर तथा विश्वविद्यालयको समग्र साखलाई बढाउन कार्यक्रमहरु गर्ने योजना रहेको पनि संयोजक श्रेष्ठले बताउनुभयो ।