१८ असार २०८१, सोमबार
Follow Us

शीतल निवासमा राष्ट्रपति बाउसे, चितवनमा प्रधानमन्त्री रोपार

नेपालब्रिटेन संवाददाता
१६ असार २०८१, शनिबार १४:११

आज १५ असार अर्थात धान दिवस । आज धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सहभागीता जानका छन ।

शनिबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड धान दिवसको अवसरमा आयोजित छुट्टाछुट्टै रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् । राष्ट्रपति पौडेल शीतल निवासमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएका थिए । उनले धान रोपाइँका क्रममा बाउसे गरेका थिए ।

उता, प्रधानमन्त्री प्रचण्ड चितवनको भरतपुरमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यहाँ मेसिनमार्फत धान रोपेका हुन् । प्रधानमन्त्री प्रचण्ड सहभागी धान रोपाइँ महोत्सवमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतको सहभागिता रहेको थियो ।