२२ असार २०८१, शुक्रबार
Follow Us

रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा

नेपालब्रिटेन संवाददाता
२० असार २०८१, बुधबार ०५:३३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन् ।

बैठक लाइभ नगर्ने निर्णय भएपछि आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएको महामन्त्री ढकालले बताए ।

बैठकमा महामन्त्री ढकालको प्रतिवेदन, नयाँ सत्ता समीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुदैँछ ।