९ श्रावण २०८१, बुधबार
Follow Us

नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन नमान्ने यूके शाखाको घोषणा

नेपालब्रिटेन डट कम्
२६ असार २०८१, मंगलवार १५:०४

लन्डन । नेपाल पत्रकार महासंघको निर्देशन विपरित नेपाल पत्रकार महासंघ यूकेको महाधिवेशन गर्ने तयारी गरिएको छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको यही आइतबार जुलाइ १४ मा हुने छैठौं अधिवेशन स्थगन गर्न महासंघका अध्यक्ष विपुल पोख्रेलले एक पत्र पठाउदै निर्वाचनका सबै प्रकृया रोक्न निर्देशन दिएका थिए ।

नेपाल पत्रकार महासंघको पत्र
नेपाल पत्रकार महासंघको पत्र

अध्यक्ष ध्रुर्वराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै अधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका कयौं प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा बाँकी प्रक्रिया सुचारु र यथावत रहने स्पष्ट गराएका छन् ।

आवधिक अधिवेशन र निर्वाचनमार्फत् नेतृत्व हस्तान्तरण गर्ने कुनै पनि संस्थाको प्रजातान्त्रिक संस्कार र अभ्यासप्रति हामी प्रतिवद्ध छौं, वक्तव्यमा भनिएको छ ।

शाखाले अधिवेशनका सम्बन्धमा अफवाह फैलाउने नियतले सामाजिक सञ्जालमा प्रेषित केही भ्रामक सामग्रीप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

साथै, महासंघ केन्द्रको निर्वाचन दुई पटकसम्म पनि निर्धारण भएको मितिमा सम्पन्न हुन नसकेर अनिश्चितकालका लागि स्थगित भएको सन्दर्भमा बेलायत शाखाको अधिवेशन तोकिएकै समयमा गर्ने शाखाले दावी गरेको छ ।

नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष दिनेश परियारले शाखामा सदस्यता विवाद यथावत रहेको र केन्द्रीय प्रतिनिधि समेत नतोकिएको अवस्थामा आइतवार हुने सबै निर्वाचन प्रकृया स्थगन भएको जनाएका छन् ।

शाखाको नेतृत्वका लागि उम्मेदवार बनेका श्याम लुइँटेलले नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन अनुसार अघि बढ्दा सबै हित हुने बताए । उनले आबेगमा नभएर समझदारीमा काम गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ यूके शाखाको विज्ञप्ति
नेपाल पत्रकार महासंघ यूके शाखाको विज्ञप्ति